एमालेको गीतमा कमल थापा दम्पतीले नाचे छमछमी (भिडिओ) – Nepal Press

एमालेको गीतमा कमल थापा दम्पतीले नाचे छमछमी (भिडिओ)

कमल थापाले गरे एमाले प्रवेशको संकेत

हेटौँडा । नेकपा एमालेको चुनाव चिन्हबाट निर्वाचनमा भाग लिएका मकवानपुर क्षेत्र नंबर १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार कमल थापाले नेकपा एमालेको चुनावी गीतमा छमछमी नाचेका छन् ।

मकवानपुरको वागमती गाउँपालिकामा भएको कार्यक्रममा थापाले ‘जनताले के भन्छ, नेकपा एमाले ले भन्छ’ भन्ने गीतमा पत्नी प्रलिता थापासहित छमछमी नाचेका हुन् । नेकपा एमालेको जनसांस्कृतिक महासंघका आशाकाजी श्रेष्ठको टिमले गाएको गीतमा थाप दम्पती एवम् प्रदेशसभा उम्मेद्वार कमल विष्टले पनि कम्मर मर्काएका थिए ।

एमालेको तर्फबाट चुनावी अभियानमा होमिएका थापाले एमालेका यस्तैखाले माया र स्नेह रहे निर्वाचनपछि पनि तपाईहरुसँगै अलमलिन सक्ने भन्दै एमाले प्रवेशको समेत संकेत गर्ने गरेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर