उम्मेदवार र मतदाताबीच ‘माल कारोबार’, कान्छारामले भने- भिडिओ सिडिओ बन्द गर (भिडिओ) – Nepal Press

उम्मेदवार र मतदाताबीच ‘माल कारोबार’, कान्छारामले भने- भिडिओ सिडिओ बन्द गर (भिडिओ)

रामेछाप । चुनावी अभियानका क्रममा जिल्लाको सुनापति गाउँपालिका बेथान पुगेका गठबन्धनका उम्मेदवार कान्छाराम तामाङले ‘माल आयो कि आएन ?’  भनेर कार्यकर्तालाई सोधेको भिडिओ भाइरल भएको छ ।

यसै साता भोट माग्ने क्रममा प्रदेश २ का गठबन्धनबाट माओवादी उम्मेदवार युवराज चौलागाईसहित बेथानको भ्वाँसा पुगेका बेला कान्छारामले ‘माल आयो कि आएन ?’ भनी सोध्दा काँग्रेसकै एक कार्यकर्ताले मोबाइलबाट भिडिओ खिचिरहेका थिए ।

माल ९पैसा०को कुरा आएपछि उनले भिडिओ सिडिओ नखिच भन्दै मोबाइल बन्द गर्न आदेश दिए पनि करिब ४५ सेकेन्डको क्लिपमा उनले मतदाता प्रभावित पार्न पैसाको आश्वासन दिएको प्रष्ट बुझिएको भन्दै एमाले कार्यकर्ताहरूले निर्वाचन आयोगको ध्यानाकर्षण गराएका छन् ।

भिडिओमा कान्छाराम र नाम नखुलेका स्थानीयबीचको संवाद यस्तो छ– अब लामो लामो कुरा गरेर फाइदा छैन है । यहाँको अध्यक्ष को रे ?… रामचन्द्र खड्का दाइ । मलाई पनि तपाई फोन गर्नुभएको थियो होइन ? (स्थानीय) –धेरै पटक अनुरोध गरेको हजुर हामी दुई पटक भेट्न पनि गएको । (कान्छाराम) माल आयो कि आएन ? अझै आएन होइन ? त्यो भिडिओ बन्द गर । भिडिओ सिडिओ नखिच त । ल मालको कुरा…’

मालको बारेमा प्रष्ट हुन पटक पटक फोन गर्दा कान्छाराम सम्पर्कमा आउन चाहेनन् । बेथानका एक कांग्रेस नेताका अनुसार कान्छारामले दिने भनेको पैसा नपाएकाहरू असन्तुष्ट रहेकाले त्यसैबारेमा संवाद भएको बताए ।

क श्रेणीका ठेकेदार कान्छारामको कान्छाराम कन्सट्रक्सन पटक पटक कालोसूचीमा पर्ने गरेको छ । उनले रामेछापको सालुदेखि साँघुटार हुँदै ओखलढुंगाको घोराखोरीसम्म जोड्ने सडक कालोपत्रे गर्ने ठेक्का लिएर अलपत्र पारेका छन् ।

उनी अहिले नेपाली काँग्रेसबाट प्रतिनिधिसभामा गठबन्धनको साझा उम्मेदवार छन् । एमालेबाट बागमतीका पूर्व अर्थमन्त्री कैलाश ढुङ्गेल प्रतिस्पर्धामा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर