कांग्रेस र माओवादीले जोडजाडको सरकार बनाए देश बर्बाद हुन्छ : राजेन्द्र लिङ्देन (भिडिओ) – Nepal Press

कांग्रेस र माओवादीले जोडजाडको सरकार बनाए देश बर्बाद हुन्छ : राजेन्द्र लिङ्देन (भिडिओ)

‘अभिभावकीय संस्थाको रुपमा राजा, नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्छ’

काठमाडौं । राष्ट्र्यि प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले ८० बर्षको उमेरमा शेरबहादुर देउवा प्रधानमन्त्री भएर केही गर्न नसक्ने बताएका छन् ।

काठमाडौंमा वसन्तपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले कांग्रेस र कम्युनिष्ट नेताहरुले कतिचोटी देश चलाउने मौका दिने ? भनेर प्रश्न गरे ।

उनले भने, ‘कांग्रेसका साथीहरुलाई भन्न चाहन्छु ८९ बर्षको उमेरमा पाँचौ पटक प्रधानमन्त्री हुनुहुन्छ । फेरि कांग्रेसले जोडजाड एक्लै सरकार बनतनाउन सक्दैन । सय सीटमा पनि उम्मेदवारी दिएको छैन । सरकार बनाउँछु भन्ने माओवादीले ५० सीटमा पनि उम्मेदवारी दिन सकेको छैन । एक्लै त सरकार बनाउछन् भने कल्पना गर्न सकिँदैन ।’

कांग्रेसले जोडजाड गरेर फेरि सरकार बनाउँदा देउवालाई नै ८० बर्षको उमेरमा छैटौँ पटक प्रधानमन्त्री बनाउने त होला नि? भनेर प्रश्न गरे ।

उनले निर्वाचन प्रणाली महंगो भएकाले पूर्णं समानुपातिक सांसद, सांसद मन्त्री बन्न नपाउने, जनताले प्रत्यक्ष निर्वाचित गर्नपाउने कार्यकारी प्रधानमन्त्री, अभिभावकीय संस्थाको रुपमा राजा रहने व्यवस्था गर्नुपर्ने बताए ।

उनले प्रदेश सरकार खारेज गरेर बलियो स्थानीय र संघीय सरकार बनाउनुपर्ने बताए। नेपाललाई हिन्दु राज्य घोषणा गर्नुपर्ने बताए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर