मतदातालाई कुन्तीको आग्रह- तपाईंको भोट नेपाल आमा बेच्नेहरुलाई नदिनुस् (भिडिओ) – Nepal Press

मतदातालाई कुन्तीको आग्रह- तपाईंको भोट नेपाल आमा बेच्नेहरुलाई नदिनुस् (भिडिओ)

‘पर्यटक उम्मेदवारले काठमाडौं २ लाई रोल्पा रुकुम बनाए, कांग्रेसलाई माओवादीले सिध्याउँछ’

काठमाडौं । राप्रपा केन्द्रीय सदस्य तथा काठमाडौं क्षेत्र नम्बर २ की उम्मेदवार कुन्ती पोखरेलले अझै पनि गठबन्धन र एमालेजस्ता पुराना पार्टीहरुलाई मत दिनु भनेको नेपाल आमालाई बेच्नुसरह हुने टिप्पणी गरेकी छन् ।

राप्रपाले शुक्रबार काठमाडौंको बसन्तपुरमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै युवा नेता पोखरेलले जनताले अझै पनि नेपाल आमालाई बेच्न ठूला पार्टीलाई मत दिन नहुने बताइन् ।

पोखरेलले माओवादीले एमालेभित्र छिरेर एमालेलाई भत्ताभुंग पारेको भन्दै अब कांग्रेसमा छिरेर कांग्रेस सिध्याउने मिसनमा रहेको आरोपसमेत लगाइन् । गठबन्धनबाट सो क्षेत्रमा माओवादीकी ओनसरी घर्ती उम्मेदवार छिन् ।

पोखरेलले भनिन्म, ‘अरु दललाई गाली नगरौं भन्छु । तर, नगरी हुन्न । माओवादी छिरेर एमाले सिध्यायो । अब कांग्रेसभित्र छिरेको छ । कांग्रेसलाई पनि सिध्याएर निस्किन्छ । यिनीहरुले नेपाल आमालाई बेच्दैछन्, त्यसमा सजग हुनुपर्छ । मेरो उम्मेदवारी नेपाल आमालाई जोगाउन, क्षेत्र नम्बर २ को विकास गर्न र युवाको प्रतिनिधित्वको लागि हो ।’

राप्रपा उम्मेदवार पोखरेलले काठमाडौं २ लाई पर्यटक उम्मेदवारहरुले रोल्पा रुकुम बनाएको टिप्पणी गर्दै बाहिरबाट आएका पर्यटक उम्मेदवारले चुनाव जितेपछि विकास नगर्ने र त्यसपछि भागेर हिँड्ने गरेको आरोपसमेत लगाइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर