त्रिविअन्तर्गतका क्याम्पसहरु मंसिर १ देखि ५ गतेसम्म विदा – Nepal Press

त्रिविअन्तर्गतका क्याम्पसहरु मंसिर १ देखि ५ गतेसम्म विदा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका सबै क्याम्पस तथा कार्यालयहरु मंसिर १ देखि ५ गतेसम्मका लागि बन्द हुने भएका छन् ।

त्रिवि रजिष्ट्रार कार्यालय अन्तर्गतको सूचना तथा जनसम्पर्क महाशाखाका प्रमुख योगन्द्रप्रसाद दाहालले एक सूचना जारी गर्दै त्रिविका अधिकांश क्याम्पस/कार्यालयहरुमा आगामी मंसिर ४ मा हुने आम निर्वाचनका लागि मतदान केन्द्र राखिएका, कतिपय क्याम्पस/कार्यालयका कर्मचारीहरु निर्वाचनमा खटिएका तथा कतिपय क्याम्पसहरु मतगणना केन्द्रसमेत राखिएकाले मंसिर १, २ र ५ गते सबै क्याम्पस एवम् कार्यालयहरु विदा दिने निर्णय गरिएको जनाएका छन् ।

यस्तो छ सूचनाः


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर