पुलिसले दिएको ३०५ रनको लक्ष्य पूरा गर्दै आर्मी फाइनलमा, ऐरीको १४० रन काम लागेन – Nepal Press

पुलिसले दिएको ३०५ रनको लक्ष्य पूरा गर्दै आर्मी फाइनलमा, ऐरीको १४० रन काम लागेन

काठमाडौं । त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप क्रिकेटको फाइनलमा पुगेको छ । शुक्रबार नेपाल पुलिस क्लबले दिएको ३ सय ५ रनको लक्ष्य पुरा गर्दै आर्मी फाइनलमा पुगेको हो। आर्मीले उपाधिका लागि एपीएफको सामना गर्ने छ ।

पहिला ब्याटिङ गरेको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४ रन जोडेको थियो । पुलिसका दीपेन्द्रसिंह ऐरी एक्लैले एक सय ४० र आरिफ शेखले ९१ रन बनाएका थिए ।

आर्मीले ४९।५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भेटाएको हो । आर्मीका रोहित पौडेलले ८९, हरि चौहानले ७५ र राजेश पुलामी मगरले अविजिति ४३ रन बनाए। विनोद भण्डारीले पनि ३२ र विक्रम सोबले ३० रन जोडे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर