थप १० जनामा कोरोना संक्रमण पुष्टि – Nepal Press

थप १० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपालमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको ७ सय ३१ पीसीआर परीक्षणका क्रममा ९ जना र ६ सय ८ एन्टीजेन परीक्षणका क्रममा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण शुक्रवार पनि कसैको मृत्यु भएको छैन । त्यस्तै थप २६ संक्रमित कोरोनामुक्त भएको मन्त्रालयले जनाएको छ ।

हाल नेपालमा ५ सय ४६ सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर