प्रचण्ड-माधवलाई लक्षित गर्दै ओलीले भने : विदेशीका लागि ‘कम्फटेबल’ सरकार बनाउन हिँडे (भिडिओ) – Nepal Press

प्रचण्ड-माधवलाई लक्षित गर्दै ओलीले भने : विदेशीका लागि ‘कम्फटेबल’ सरकार बनाउन हिँडे (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले कम्युनिष्ट आन्दोलनको रक्षाका लागि माओवादी केन्द्रसँग एकता गरे पनि सफल हुन नसकेको बताएका छन् ।

धरानमा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई लक्षित गर्दै विदेशीका लागि कम्फटेबल सरकार बनाउन एमाले सिध्याउन खेल गरेको आरोप लगाए ।

‘कम्युनिष्ट आन्दोलनको रक्षाका लागि २०७४ सालको निर्वाचनमा माओवादीसँग गठबन्धन र एकता गरेर अगाडि गएका थियौं । त्यसले परिणाम पनि राम्रो आएको थियो’, ओलीले भने, ‘देशका लागि नभएर विदेशीको लागि कम्फटेबल सरकार बनाउने नीति र उद्देश्यका साथ व्यक्तिहरु देखापरे । एउट स्याल करायो भने अर्कोले सुन्यो भने आफू जस्तो अप्ठ्यारो ठाउँमा भए पनि कराउँछ । एमालेभित्र पनि त्यस्तै स्यालहरु निस्किए । यता हेर्‍यो उता हेर्‍यो, सबै हुँहुँ गर्न थाले ।’

एमाले सिध्याउन आफूमाथि अनेक खालको आरोपपत्र लगाएको उनले टिपप्णी गरे । ओलीले भने, ‘महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई सडकबाट निकाले, एमाले सिध्याउने षड्यन्त्र थियो । भत्काइदिन्छु पहरो भनेर टाउको ठोकेर हुँदैन । गल्ती गरे एमाले भत्काउन खोजेर ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर