लालु यादवलाई बचाउन माहिली छोरीले दिइन् मिर्गौला – Nepal Press

लालु यादवलाई बचाउन माहिली छोरीले दिइन् मिर्गौला

काठमाडौं । भारतीय राजनीतिका लिजेन्ड लालुप्रसाद यादवलाई उनकी छोरीले मिर्गौला दिएर बचाउने भएकी छन् । मिर्गौला प्रत्यारोपण गर्नुपर्ने भएपछि छोरी रोहिणी आचार्यले आफ्नो एउटा मिगौला दिने भएकी हुन् ।

केही वर्षयता मिर्गौलासम्बन्धी समस्याबाट पीडित राष्ट्रिय जनता दलका सुप्रिमो तथा विहारका पूर्वमुख्यमन्त्री यादवलाई सिंगापुरका डाक्टरले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने सुझाएका थिए ।

सुरुमा यादव छोरीको मिर्गौला लिएर आफू बाँच्न चाहँदैन थिए । तर, परिवारलगायत सबैतिरको दबाबपछि उनी छोरीको मिर्गौला लिन तयार भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

उनी मिर्गौला प्रत्यारोपणका लागि अर्को साता सिंगापुर जाँदैछन् । सिंगापुरमै बस्ने रोहिणी लालु यादवकी महिली छोरी हुन् । उनी पिताको स्वास्थ्यप्रति अत्यधिक चिन्तित रहँदै आएकी थिइन् र उनकै आग्रहमा लालुलाई सिंगापुरमा स्वास्थ्य जाँचका लागि लगिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर