एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित – Nepal Press

एस्टन भिल्लामाथि म्यानचेस्टर युनाइटेडको सहज जित

काठमाडौं । एस्टन भिल्लालाई ४-२ ले पराजित गर्दै म्यानचेस्टर युनाइटेड इङलिस लिग कपको अन्तिम १६ मा स्थान बनाएको छ ।

बिहीबार रातिको जितसँगै आइतबार इङलिस प्रिमियर लिगमा एस्टन भिल्लासँग व्यहोरेको ३-१ हारको बदला समेत युनाइटेडले लिएको छ ।

४८औं मिनेटमा ओल्ली वाट्किन्सको गोलमा एस्टन भिल्लाले अग्रता लिएको थियो । तर त्यसको एक मिनेटपछि नै एन्थोनी मार्सियलले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

६१औं मिनेटमा युनाइटेडका डिएगो डालोटको आत्मघाती गोलमा एस्टन भिल्लाले २-१ को अग्रता लिएको थियो । ६७औं मिनेटमा मार्कुस रासफोर्डले युनाइटेडलाई खेलमा फर्काएका थिए ।

७८औं मिनेटमा ब्रुनो फर्नान्डेजले युनाइटेडको अग्रता ३(२ मा पुर्याएका थिए । इन्जुरी समयको पहिलो मिनेटमा स्कट म्याक्टोमिनेले युनाइटेडका लागि चौथो गोल गरे ।

यसअघि नै साविकको विजेता लिभरपुल, म्यानचेस्टर सिटी र लेस्टर सिटीले पनि अन्तिम १६ मा स्थान बनाइसकेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर