ओलीको टिप्पणी- टाउकाको मोल तोक्ने देउवा र बम हान्ने प्रचण्डले एमालेविरुद्ध नक्कली मीत लगाए – Nepal Press

ओलीको टिप्पणी- टाउकाको मोल तोक्ने देउवा र बम हान्ने प्रचण्डले एमालेविरुद्ध नक्कली मीत लगाए

२१ वर्ष सरकारको नेतृत्व गर्दा गरेको एउटा काम देखाउन कांग्रेसलाई चुनौती

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले आफ्ना कार्यकर्ता मार्ने पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई काँधमा लिएर हिँडेको टिप्पणी गरेका छन् ।

झापा सुरुंगााको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘कांग्रेसका चार-पाँच सय कार्यकर्ता माओवादीले मारेको थियो । अहिले त्यही माओवादी काँधमा बोकेर हिँडेको छ । शेरबहादुरलाई बम हालेको थियो धन्न बचेका थिए । प्रचण्डलाई बोक्न लेखेको रहेछ बचे । काँधमा बोक्न लेखेको ।’

उनले शेरबहादुर देउवा र प्रचण्डले नक्कली मीत लगाएको समेत बताए । चुनावपछि सत्ताको लागि देउवा र प्रचण्डको वारपार ओलीको जिकिर गरे ।

ओलीले भने, ‘प्रचण्डजीलाई शेरबहादुरजीले टाउकाको मोल ५० लाख तोकेका थिए । शेरबहादुरका पछिपछि लाग्न जुरेको रहेछ । उनी पनि पक्राउ परेनन् । पक्राउ परेको भए ५० लाख कसैले इमान लिन्थ्यो । आज दुईजना एमालेविरुद्ध नक्कली मीत लगाएका हिँडेका छन् । यीनिहरूको मीत सक्कली होइन । चुनावपछि के हुन्छ हेर्दै जानुहोला ।’

संसदबाट एमाले सरकार ढाल्न जनताले भोट नदिएपछि अदालत गएर जालझेल गरेर आफूलाई सरकारबाट हटाएको उनको आरोप छ ।

‘हामीले गरेको काम म सबै यहाँ भन्न सक्छु । तर, कांग्रेस नेताहरूलाई चुनौती दिएर भन्न चाहन्छु एउटा काम यो गरेँ भनेर अगाडि आउनुस् । २१ वर्ष सरकारको नेतृत्व गर्दा के चाहिँ काम गर्नुभयो ? कांग्रेसका साथीहरूले जवाफ दिए हुन्छ’, ओलीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर