२० लाखमा पूजाले किनिन् शोभित बस्नेतको ‘बद्रि बहादुर’ – Nepal Press

२० लाखमा पूजाले किनिन् शोभित बस्नेतको ‘बद्रि बहादुर’

काठमाडौं । शोभित बस्नेत निर्देशित चलचित्र ‘बद्रि बहादुर’ को विदेशी राइट्स बिक्री भएको छ । वुधबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम आयोजना गरी निर्देशक बस्नेतले पूजा तामाङ्गलाई चलचित्रको विदेश राइट्स बेचेका हुन। पूजाले चलचित्रको सम्पूर्ण विदेश राइट्स २० लाखमा खरिद गरेकी छन् ।

२६ लाखमा बनेको चलचित्रको लगानी शोभितले विदेश राइट्स र केही समय अगाडि अष्ट्रेलियामा प्रदर्शन गरेर उठाइसकेका छन् ।

एबी पिक्चर्स फार्म र सलोन सलीना ब्यानरमा निर्माण भएको चलचित्रमा जय किसन बस्नेत, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ आदि लगायतका कलाकारहरुको अभिनय रहेको छ । चलचित्रमा नायिका पूजा शर्मा र नायक सलोन बस्नेत पनि एक गीतमा फिचर भएका छन् ।

सोही गीत सार्वजनिक गर्दै निर्माण टिमले चलचित्रको प्रचारप्रसार सुरु गर्ने तयारी गरिरहेको छ । रवि अधिकारी चलचित्रको कार्यकारी निर्माता हुन् भने मिथुन भोटे पनि चलचित्रमा निर्माताको रुपमा प्रस्तुत भएका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर