पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गते रिलिज हुने – Nepal Press

पुष्प र वर्षाको ‘मनसँग मन’ माघ २० गते रिलिज हुने

काठमाडौं । सौरभ इन्टरटेन्मेन्ट र बलाजी इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको फिल्म ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । भारतमा रिलिज भैसकेको यो चलचित्रले राम्रो प्रतिक्रिया पनि पाएको थियो । कैलाश राईको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् ।

यो चलचित्रलाई माघको २० गतेबाट देशभर रिलिज गर्ने निर्माण पक्षले पक्का गरेको छ ।

यो चलचित्रमा नायक पुष्प खड्का, नायिका वर्षा सिवाकोटी, कलाकारहरु वुद्धि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको अभिनय छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्माको पनि विशेष भूमिका छ ।

चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायाँकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई लभस्टोरी जनरामा निर्माण गरिएको छ । चलचित्रको २ वटा गीत पनि निर्माण पक्षले सार्वजनिक गरिसकेको छ ।

यो चलचित्रलाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसामलगायतका शहरमा रिलिज गर्न लागिएको निर्माण पक्षले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *