भारतले इङ्ल्यान्डलाई दियो १६९ रनको लक्ष्य – Nepal Press

भारतले इङ्ल्यान्डलाई दियो १६९ रनको लक्ष्य

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी टी-२० विश्वकपअन्तर्गत अहिले भइरहेको दोस्रो सेमिफाइनलमा भारतले इङ्ल्यान्डलाई १६९ रनको लक्ष्य दिएको छ ।

टस हारेपछि ब्याटिङ गर्ने जिम्मा पाएको भारतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६८ रन जोड्यो । भारतका विराट कोहलीले ५० र हार्दिक पान्ड्याले ६३ रन बनाए ।

पान्ड्याले आक्रामक ब्याटिङ गर्दै ३३ बलमा ५ छक्का र ४ चौका प्रहार गरे । कोहलीले ४० बलमा एक छक्का र चार चौका हिर्काए । रोहित शर्माले २७ र सुर्यकुमार यादबले १४ रन जोडे । यो खेलको विजेताले आइतबार उपाधिका लागि पाकिस्तानसँग खेल्ने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर