जय नेपाल र लालसलाम एकठाउँमा भएपछि मात्रै देशमा ठूला परिवर्तन भएका छन् : प्रचण्ड (भिडिओ) – Nepal Press

जय नेपाल र लालसलाम एकठाउँमा भएपछि मात्रै देशमा ठूला परिवर्तन भएका छन् : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा ठूला राजनीतिक परिवर्तन जय नेपाल र लालसलाम मिलेर नै भएको दोहोर्‍याएका छन् ।

गोरखा जिल्ला अजिरकोट गाउँपालिका-३, भच्चेकमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रह गरे । उनले शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको बताए ।

प्रचण्डले भने, ‘कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो । गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो ।’

प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको उनको आरोप थियो ।

उनले भने, ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन । संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ ।’

नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको प्रचण्डको आरोप छ । उनले अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजेकाले सचेत हुनुपर्ने बताए ।

गोरखाको विकासको लागि कुनै कसर बाँकी नराख्ने उनको प्रतिबद्धता थियो ।


प्रतिक्रिया

One thought on “जय नेपाल र लालसलाम एकठाउँमा भएपछि मात्रै देशमा ठूला परिवर्तन भएका छन् : प्रचण्ड (भिडिओ)

  1. दुई पक्ष मिलेर लुटने र भारतको सेवा गर्ने हौ । १७ महिनामा प्रमाणित भैसक्यो । जनताले अब ५ वर्ष लुटन दिनेवाला छैनन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर