शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवार नै एमाले प्रवेश – Nepal Press

शंकर पोखरेललाई समर्थन गर्दै उम्मेदवार नै एमाले प्रवेश

रुपन्देही । नेकपा एमालेका महासचिव तथा दाङ क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदार शंकर पोखरेलको क्षेत्रमा प्रतिनिधिसभामै उम्मेदवार रहेका रामचन्द्र खड्का नेकपा एमाले प्रवेश गरेका छन् ।

बिहीबार विज्ञप्ती जारी गर्दै खड्काले एमालेबाट नै देशले समृद्धि पाउने भन्दै एमाले प्रवेश गरेको बताए । उनी मौलिक जरोकिलो पार्टीबाट उठेका थिए ।

खड्काले आजकै मितिबाट पुरानो पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएका छन् । पोखरेललाई जिताउन उनले पार्टीपंक्तिलाई आव्हानसमेत गरेका छन् ।

‘मैले असोज २३ गते दिएको उम्मेदारी निष्क्रिय पार्दै शंकर पोखरेललाई समर्थन गर्दै एमालेमा प्रवेश गरेको छ, अब देश बनाउने पार्टी एमाले नै हो, म सबै पार्टीका नेता, शुभेच्छुकहरूलाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्दछु’, विज्ञप्तीमा उनले भनेका छन् ।

उम्मेदवारी फिर्ता लिँदै आफूलाई सहयोग र समर्थन गरेकोमा नेता पोखरेलले खड्कालाई धन्यवाद दिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर