भारत र इंग्ल्यान्ड भिड्दै – Nepal Press

भारत र इंग्ल्यान्ड भिड्दै

काठमाडौं । अष्ट्रेलियामा जारी आठौं संस्करणको टी-ट्वान्टी विश्वकपमा आज दोस्रो सेमिफाइनल खेलमा  भारत र इंग्ल्यान्डआमने सामने हुँदैछन् । एडिलेट ओभलमा हुने खेल नेपाली समयअनुसार दिउँसो पौने २ बजे सुरु हुनेछ ।

२००७ को पहिलो संस्करणको टी-ट्वान्टी विश्वकपको च्याम्पियन भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो ।

विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाईसकेको छ । फाइनल खेल आइतबार हुनेछ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *