फेसबुक,ह्वाट्सएप र इन्सटाग्रामबाट किन निकालिए ११ हजार कर्मचारी – Nepal Press

फेसबुक,ह्वाट्सएप र इन्सटाग्रामबाट किन निकालिए ११ हजार कर्मचारी

काठमाडौं । विश्व प्रसिद्ध सामाजिक सञ्जाल फेसबुक, ह्वाट्सएप र इन्सटाग्रामको संचालन गर्दै आएको मेटा कम्पनीले ११ हजार कर्मचारीलाई निलम्बित गरेको छ ।

कम्पनीको गत १८ वर्षको इतिहासमा यति ठूलो संख्यामा कर्मचारीलाई निकालिएको यो पहिलो पटक हो । केही गलत निर्णयका कारण कम्पनीको राजश्व घटेको कारण उक्त संख्यामा कर्मचारीलाई निलम्बित गरिएको सिईओ मार्क जुकरवर्गको भनाई छ ।

‘आज म मेटाको इतिहासमा मैले गरेका केही कठिन निर्णयहरूको बारेमा कुरा गर्न जाँदैछु। हामीले हाम्रो टिमको आकार लगभग १३% कटौती गर्ने निर्णय गरेका छौँ । यससँगै ११ हजारभन्दा बढी प्रतिभाशाली कर्मचारीले रोजगारी गुमाउनेछन् । हामीले लागत घटाएर र पहिलो त्रैमासिक सम्म हायरिङ फ्रिज विस्तार गरेर अझ प्रभावकारी कम्पनी बन्न कदम चालिरहेका छौँ ।’ मार्कलाई उध्रदत गर्दै अन्तराष्टिय संचार माध्यमहरुले जानकारी गराएका छन् ।

मार्कले उक्त निर्णयको जिम्मेवारी आफूले लिदै प्रभावित कर्मचारीसँग क्षमायाचना समेत गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर