साविक विजेता फ्रान्सले घोषण गर्‍यो २५ सदस्यीय टोली – Nepal Press

साविक विजेता फ्रान्सले घोषण गर्‍यो २५ सदस्यीय टोली

काठमाडौं । साविक विजेता फ्रान्सले आसन्न कतार विश्वकप फुटबलका लागि २५ सदस्यीय टोलीको घोषणा गरेको छ। विश्वकप अघि २३ सदस्यीय राष्ट्रिय टोलीको घोषणा हुने छ।

प्रशिक्षक डिडियर डेस्च्याम्प्सले घोषणा गरेको टोलीमा तीन गोलकिपर, ९ डिफेन्डर, ६ मिडफिल्डर र ७ जना स्ट्राइकर रहेका छन्। स्ट्राइकरमा केलियन एमबाप्पे, ओलिभर जिरोड, किङ्सले कोम्यान, ओसम्यान डेम्बेले, एन्टोइन ग्रिजम्यान र क्रिस्टोफर कुन्कु रहेका छन्।

अनुभवी गोलरक्षक ह्युगो लोरिस, डिफेन्डरहरु राफायल भाराने, प्रेसनेल किम्पेम्बे, बेन्जामिन पाभार्डलगायत पनि टोलीमा छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर