बाजुरा केन्द्रबिन्दु बनाएर ४. १ रेक्टरको भूकम्प – Nepal Press

बाजुरा केन्द्रबिन्दु बनाएर ४. १ रेक्टरको भूकम्प

काठमाडौं । बाजुरा केन्द्रबिन्दु बनाएर भूकम्प गएको छ ।

बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ १ रेक्छर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

भूकम्पको धक्का आसपासका जिल्लाहरुमा पनि महसुस भएको थियो ।

बुधबार बिहान पनि पश्चिम नेपालको डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र बिन्दु बनाएर ५।७ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परी ६ जनाले ज्यान गुमाएका थिए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर