बिपी कांग्रेसद्वारा चुनावी घोषणा पत्र सार्वजनिक – Nepal Press

बिपी कांग्रेसद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

काठमाडौं । बीपी कांग्रेसले चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । वुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो पार्टीले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि आठ पेज लामो घोषणापत्र सार्वजनिक गरेको हो ।

पार्टीले उद्योग, सडक पूर्वाधार, हवाईसेवा, खानेपानी, सरसफाई, उर्जा, वैकल्पिक उर्जा, कृषि, सिंचाई, पर्यटन, कला, साहित्य संस्कृतिलाई प्राथमिकता दिएको छ । पूर्ण प्रेस स्वतन्त्रताको सुनिश्चितता गर्दैै आम सञ्चारमा सबै नेपालीको सहज पहुँच पुर्याउन सर्वसुलभ, भरपर्दो र गुणस्तरीय सूचना उपलब्ध गराउन सरकारी सञ्चार माध्यमलाई पब्लिक सर्भिस मिडियामा रुपान्तरित गरिने घोषणापत्रमा प्रतिवद्धता गरिएको छ ।

कुनै पनि अधिनायकवादी र निरंकुशताको विरुद्ध पार्टी संघर्षशील रहने र संविधानलाई गतिशील राजनीतिक दस्तावेजको रुपमा स्वीकार्ने पनि प्रतिबद्धता व्यक्त गरिएको छ । संविधानमा समय अनुकुल र जनभावनालाई मध्येनजर गरेर समसामयिक सुधार र परिमार्जन गर्न पार्टी सदैव तयार रहने पनि बताइएको छ ।

घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री देवेन्द्र प्रकाश पौडेलले कांग्रेस बी.पी.बाट ७८ प्रत्यक्ष र १७३ सदस्यहरु समानुपातिकमा प्रतिनिधि सभा र प्रदेशसभामा उम्मेदवारी रहेको जानकारी दिए । सबै क्षेत्रलाई समेटेर चुनावी घोषणापत्र सार्वजनिक गरिएको उनले बताए ।

त्यस्तै, बीपी कोइरालाको सोचाईअनुरुप उत्पादन वृद्धिसँगै स्रोत र साधनको न्यायोचित वितरण नै पार्टीको मुल आर्थिक नीतिको रुपमा प्रस्तुत गरिएको छ । यसैगरी, पार्टीले उद्योगतर्फ हरित अर्थतन्त्रको सिद्धान्तअनुसार कृषि र बन पैदावमरमा आधारित उद्योगमा निजी क्षेत्रलाई प्रशय दिने जनाएको छ ।


प्रतिक्रिया

One thought on “बिपी कांग्रेसद्वारा चुनावी घोषणा पत्र सार्वजनिक

  1. वास्तविक काँग्रेस विपि काँग्रेस हो । देउवा काँग्रेस त माओवादीको पुच्छर भैहाल्यो नि , प्रधानमन्त्री पाए नाङ्गै हुन तयार ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर