निर्वाचन आयोगले भन्यो- तोसिमालाई घण्टी नबजाउन भनिएको छैन – Nepal Press

निर्वाचन आयोगले भन्यो- तोसिमालाई घण्टी नबजाउन भनिएको छैन

काठमाडौं । निर्वाचन आयोगले ललितपुर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार डा. तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न नभनिएको स्पष्ट पारेको छ ।

आयोगको आधिकारिक फेसबुक पेजमार्फत आयोगले यस्तो प्रष्टीकरण दिएको हो ।

आयोगले भनेको छ, ‘प्रतिनिधिसभा सदस्य उम्मेदवार तोसिमा कार्कीलाई घण्टी लिएर प्रचारप्रसार नगर्न निर्वाचन आयोगले कुनै पनि निर्देशन नदिएको प्रस्ट पारिन्छ।’ आयोगका सहायक प्रवक्ता एवम् उपसचिव गुरुराज वाग्लेले पनि यस्तो खालको कुनै पनि निर्देशन नदिइएको नेपाल प्रेसलाई जानकारी दिए ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर