कार्यकर्तालाई ओलीको निर्देशन : गठबन्धन सरकारले दुष्कर्म गर्नसक्छ, पहरेदारी गर्नुस् (भिडिओ) – Nepal Press

कार्यकर्तालाई ओलीको निर्देशन : गठबन्धन सरकारले दुष्कर्म गर्नसक्छ, पहरेदारी गर्नुस् (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा आफ्नो मतको रक्षा गर्न आग्रह गरेका छन् ।

झापामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनले कानूनविपरीत जस्तो पनि गतिविधि गर्नसक्ने भएकाले सचेत रहेन आग्रह गरे ।

उनले नेता कार्यकर्तालाई निर्देशन दिँदै भने, ‘हाम्रा साथीहरुले निर्वाचन र बुथ प्रतिनिधि के-के खटाउनुपर्छ चनाखो भएर खटाउनुस् हिम्मतिलो तरिकाले । यो गठबन्धन सरकारले जे पनि दुष्कर्म गर्नसक्छ । गैर कानूनी र लोकतन्त्र विरोधी कसैलाई पनि गर्न नदिने पहरेदारी पनि एमालेले गर्नुपर्छ । साथीहरु तयार रहनुस् । पार्टीले प्रशिक्षण गर्न त्यसपछि विजयीको लागि लाग्नुस् ।’


प्रतिक्रिया

One thought on “कार्यकर्तालाई ओलीको निर्देशन : गठबन्धन सरकारले दुष्कर्म गर्नसक्छ, पहरेदारी गर्नुस् (भिडिओ)

  1. पैसा बाँडने, गुण्डागर्दी गर्ने, आश्वासन बाँडने काम गर्न सक्छन् । चनाखो हुनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर