पाकिस्तान फाइनलतर्फ अग्रसर, १५३ रनको लक्ष्यमा शानदार सुरुवात – Nepal Press

पाकिस्तान फाइनलतर्फ अग्रसर, १५३ रनको लक्ष्यमा शानदार सुरुवात

काठमाडौं । अस्ट्रेलियामा जारी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध १५३ रनको लक्ष्य पछ्याइरहेको पाकिस्तान बलियो स्थितिमा देखिएको छ । पाकिस्तानले १० ओभरमा विकेट नगुमाई ८७ रन बनाएको छ । कप्तान बाबर आजम ४१ र विकेटकिपर ब्याट्सम्यान मुहम्मद रिजवान ४३ रनमा खेल्दैछन् ।

पाकिस्तानलाई अब बाँकी १० ओभरमा ६६ रन आवश्यक छ । त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन जोड्यो । न्युजिल्यान्डका लागि डेरी मिचेलले सर्वाधिक ५३ रन बनाए । कप्तान केन विलियमसनले ४६ रन जोडे ।

प्रारम्भिक ब्याट्सम्यानद्वय फिन एलनले ४ र डेभोन कनवेले २१ रन बनाए । जारी प्रतियोगितामा विस्फोटक ब्याटिङ गरिरहेका ग्लेन फिलिप्सले भने ६ रनमात्र जोड्न सके ।

पाकिस्तानका साहिन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले एक विकेट लिए । ४९ रनमा तीन विकेट गुमाएको अवस्थामा विलियमसन र मिचेलले ६८ रनको साझेदारी गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर