फाइनल पुग्न पाकिस्तानलाई न्युजिल्याण्डले दियो १५३ रनको लक्ष्य – Nepal Press

फाइनल पुग्न पाकिस्तानलाई न्युजिल्याण्डले दियो १५३ रनको लक्ष्य

काठमाडौं । अष्ट्रेलियामा जारी टी-२० विश्वकपको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको छ।

टस जितेर पहिला ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन जोड्यो ।

न्युजिल्यान्डका लागि डेरी मिचेलले अर्धशतक बनाए । उनले ५३ रन बनाउँदा  कप्तान केन विलियमसनले ४६ रन जोडे ।

प्रारम्भिक ब्याट्सम्यानद्धय फिन एलनले ४ र डेभोन कनवेले २१ रन बनाए। जारी प्रतियोगितामा विस्फोटक ब्याटिङ गरिरहेका ग्लेन फिलिप्सले भने ६ रन मात्र जोड्न सके।

पाकिस्तानका साहिन शाह अफ्रिदीले २ र मोहम्मद नवाजले एक विकेट लिए।

४९ रनमा तीन विकेट गुमाएको अवस्थामा विलियमसन र मिचेलले ६८ रनको साझेदारी गरेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर