मुलुकको नेतृत्व गर्न तयारीमा लागेको छु, संसदीय दलमा लड्छु भन्नु अहंकार होइन : गगन थापा – Nepal Press

मुलुकको नेतृत्व गर्न तयारीमा लागेको छु, संसदीय दलमा लड्छु भन्नु अहंकार होइन : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको नेतृत्व गर्न आफू तयारीमा लागेको दोहोर्‍याएका छन् ।

बुधबार काठमाडौं-४ मा बस्ने सिन्धुपाल्चोकका मतदातासँगको भेटघाट कार्यक्रममा थापाले आगामी निर्वाचनमा विजयी भएपछि प्रधानमन्त्री बन्नका लागि पार्टीको संसदीय दलको नेतामा दाबेदारी प्रस्तुत गर्ने बताए ।

‘अब मुलुक चलाउने जिम्मेवारी युवाहरूलाई दिनुपर्छ । त्यसको सुरुवात आफैँले गर्ने हो’, थापाको भनाइ थियो ।

थापाले आगामी निर्वाचनबाट सांसद भइसकेपछि संसदीय चुनाव लड्छु भन्नु आफ्नो अहंकार नभएको प्रष्ट्याए । अब शीर्ष नेताहरूलाई पछाडिको सिटमा राखेर स्टेरिङ समात्न आफू तयार रहेको पनि उनले सुनाए ।

थापाले संघ र प्रदेशको निर्वाचन गठबन्धनले जित्ने भन्दै त्यसपछिको कार्यभार सफलताका साथ पूरा गर्नका लागि तयार हुनुपर्नेमा जोड दिए ।

यसअघिको पाँच वर्ष एउटा व्यक्तिको अहंकारका कारण असफल भएकाले अबको पाँच वर्ष स्थिरता र परिणाममुखी हुनुपर्ने उनकको भनाइ छ ।


प्रतिक्रिया

One thought on “मुलुकको नेतृत्व गर्न तयारीमा लागेको छु, संसदीय दलमा लड्छु भन्नु अहंकार होइन : गगन थापा

  1. हार्ने देखेपछि यिनले प्रधानमन्त्रीको पासा फालेछन् । हावा कुरा ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर