ओली सत्ताका लागि लम्पसार पर्छन्, सके अब प्रधानमन्त्री भएर देखाउन् : प्रचण्ड (भिडिओ) – Nepal Press

ओली सत्ताका लागि लम्पसार पर्छन्, सके अब प्रधानमन्त्री भएर देखाउन् : प्रचण्ड (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो पटक प्रधानमन्त्री भएर देखाउन चुनौती दिएका छन्।

दार्चुलामा आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले आफूलाई बहुमत दिनुस् भनेर हिँड्दा आफूलाई लाज लागेको टिप्पणी गरे।

उनले भने, ‘ओलीले अहिले मलाई बहुमत दिनुस्। सरकार बनाउँछु भनेको सुन्दा मलाई आफैँलाई लाज लाग्छ। दुई तिहाइको हुँदा खादाको सरकार विघटन गर्ने। बहुमतको संसद् विघटन गर्ने। अनि पार्टीलाई सेटिङ मिलाएर टुक्रा टुक्रा पार्नेले अहिले कुन नैतिकताले जनतासँग दुई तिहाइको बहुमत माग्ने ? संविधान च्यात्न पुगेन भनेर। जनताको अभिमतलाई अपमान गर्नका लागि बहुमत चाहियो ?’

उनले ओलीले कम्युनिष्ट आन्दोलनलाई धराशायी पारेको आरोप लगाए। उनले ओली दुई पटक आफ्नै प्रस्तावमा प्रधानमन्त्री भएको समेत बताए।

‘प्रचण्डकै प्रस्तावमा दुई पटक प्रधानमन्त्री भएको होइन। मैले संसद्को रोष्टमबाट भनेबाट भनेको थिए। संविधान बन्न नदिने भएपछि प्रधानमन्त्री दिन्छु संविधान बनाऔँ भनेर मैले प्रधानमन्त्रीको प्रस्ताव गरेको हुँ। इतिहासले मूल्याङ्कन गर्ला। मैले रोष्टमबाट पनि भनेको थिए। अब प्रधानमन्त्री भएर देखाउनुस् अनि मानौँला। त्यो सम्भव छैन’ प्रचण्डले भने।

अब आफूले प्रतिगमनकारी र राष्ट्रघातीलाई प्रधानमन्त्री नबनाउने बताए। उनले थपे, ‘ओली बाहिर राष्ट्रवादको कुरा गर्छन् सत्ताको लागि अरूसँग लम्पसार पर्छन्। मैले नजिकबाट देखे र बुझेर यो गठबन्धन गरेका छौँ।’


प्रतिक्रिया

2 thoughts on “ओली सत्ताका लागि लम्पसार पर्छन्, सके अब प्रधानमन्त्री भएर देखाउन् : प्रचण्ड (भिडिओ)

  1. १७००० हजार को रगत मा होलि खेलेर हिड्ने यस्ता नरभक्षी पशु लाई नेता मानेर सत्ता मा पुर्याउने थुक्क नेपाली भेडा हो ।

  2. ओलिलाई जनताले प्रधानमन्त्री बनाउने हो भारतको नेपाली दलालले बनाउने होईन । देश विरूद्व विदेशीको लागि दलाली गर्नेलाई जनताले चिनीसके ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर