प्रवक्ता महत भन्छन्: गरेका कामको प्रचार गर्न नजानेर कांग्रेसले दु:ख पायो – Nepal Press

प्रवक्ता महत भन्छन्: गरेका कामको प्रचार गर्न नजानेर कांग्रेसले दु:ख पायो

विराटनगर । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले मतदातालाई नियन्त्रण गर्न नसक्ने बताएका छन्। विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतले मतदातालाई नियन्त्रण गर्न नसकेपनि पार्टी पंक्ति भने इमान्दारपूर्वक गठबन्धनलाई मत हाल्ने बताए ।

उनले कांग्रेसलाई इमान्दारपूर्वक गठबन्धनलाई मत नहालेको आरोप अब नलाग्ने बताए । महतले अहिलेको निर्वाचन प्रणालीले गर्दा एक्लै बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन भएको समेत बताए ।

उनले एमालेको गठबन्धनले लगानी भित्राउन नसक्ने दाबी गरे । महतले एमाले अध्यक्ष ओलीको नेतृत्वमा कुरा धेरै भएको तर काम नभएको आरोप लगाए ।

उनले भने,’कांगे्रसले काम गरेको प्रचार गर्न नजानेकाले दु:ख पाएको छ । हामीले खुरु खुरु काम गर्यौ । अरुले प्रचार गरे ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर