झापा- २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएर ओलीको टिप्पणी – Nepal Press

झापा- २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएर ओलीको टिप्पणी

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा क्षेत्र नम्बर २ मा गठबन्धनले उम्मेदवार नपाएर एमालेकै कार्यकर्तालाई चोरेर लगेर उम्मेदवार बनाएको टिप्पणी गरेका छन् ।

मंगलबार झापाको शनिश्चरेस्थित सालबारीमा मंगलबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । अहिलेका गठबन्धनका उम्मेदवार, सो क्षेत्रका एमाले उम्मेदवार देवराज घिमिरेका साधारण कार्यकर्ता मात्र भएको अध्यक्ष ओलीको भनाई छ ।

ओलीले राष्ट्रिय राजनीतिमा एमालेले खेलेको भूमिका असाधारण रहेको पनि बताए । उनले विचारको हिसाबले, संगठनको हिसाबले, कामको हिसाबले, कार्यक्षमताको हिसाबले, अनेक हिसाबले एमाले देशको प्रमुख पार्टी भएको जिकिर समेत गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर