विश्वकप अघि मानेकाे घुँडामा चोट – Nepal Press

विश्वकप अघि मानेकाे घुँडामा चोट

काठमाडौं । साडियो मानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमनालाई ६-१ अन्तरले पराजित गरेको छ ।

मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ ।

बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि, जमल मुस्लाला, लिओन गोरेट्जा, माथिस टलले एक एक गोल गरे । पराजित वेर्डरको लागि एन्थोनी जङले एक गोल गरे ।

खेलको २०औं मिनेटमा मानेले घुँडाको चोट बोकेपछि मैदान छाडेका थिए । उनको स्थानमा लेरोय साने मैदान प्रवेश गरेका थिए ।

माने सम्मिलित सेनेगलले १३ दिनपछि विश्वकपमा पहिलो खेल नेदरल्यान्डस्विरुद्ध खेल्दैछ । मानेको चोटसँगै सेनेगल दवावमा स्वतः पर्ने देखिन्छ ।

माने दुई पटक अफ्रिकन फुटबल वर्ष खेलाडी बनिसकेका छन् । मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगलले इजिप्टलाई पराजित गर्दै पहिलो पटक अफ्रिका कपको उपाधि जितेको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर