डोटीमा भूकम्पले घर भत्किँदा तीनजनाको मृत्यु, थप मानवीय क्षति भएको आशंका – Nepal Press

डोटीमा भूकम्पले घर भत्किँदा तीनजनाको मृत्यु, थप मानवीय क्षति भएको आशंका

कैलाली । डोटीमा भूकम्पले घर भत्किदा तीन जनाको ज्यान गएको छ ।

बुधबार राति २ : १२ मिनेटमा गएको भूकम्पले पूर्वी चौकी गाउँपालिका–३ को गैरा गाउँमा घर भत्किदा तीन जनाको मृत्यु भएको पूर्वी चौकी गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले जानकारी दिएका छन् ।

‘त्यहाँ घर भत्किएर तीन जनाको मृत्यु भएको स्थानीयले जानकारी दिएका छन्’ उनले नेपाल प्रेसलाई भने ‘उद्धार कार्य जारी छ थप मानवीय क्षति पनि भएको हुन सक्छ ।’

शव च्यापिएको अवस्थामा भेटिएको जानकारी बताउँदै अध्यक्ष उपाध्यायले उनीहरुको सनाखत हुन बाँकी रहेको बताए ।

डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्र बनाएर राति २ बजेर १२ मिनेटमा ६ दशमलव ६ म्याग्नीच्युडको भूकम्प गएको थियो ।

यसअघि राती ९ बजेर ७ मिनेटमा दिपायल केन्द्र विन्दु बनाएर ५.७ म्याग्नेच्युटको भूकम्प गएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर