लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तको प्रदर्शनले मेडिकल कलेज जोरपाटी तनावग्रस्त – Nepal Press

लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तको प्रदर्शनले मेडिकल कलेज जोरपाटी तनावग्रस्त

काठमाडौं । उपचारकाे क्रममा लापरबाहीबाट बिरामीको मृत्यु भएको भन्दै आफन्तले विरोध गरेपछि जोरपाटीस्थित नेपाल मेडिकल कलेज तनावग्रस्त बनेको छ ।

उपचारका क्रममा चिकित्सकले लापरबाही गरेको आफन्तले आरोप लगाएका छन् । अस्पतालको मूलगेटमा प्रदर्शन गर्दै उनीहरूले घटनाको छानबिन, उपचारमा संलग्न डाक्टरमाथि कारबाही र क्षतिपूर्तिको माग गरेका छन् ।

नाराजुलुशसहित प्रदर्शन हुन थालेपछि मेडिकल कलेजमा प्रहरी परिचालन गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर