गण्डकीमा बाबुरामनिकट मन्त्री बर्खास्त, एमालेलाई सहयोग गरेको आरोप (भिडिओ) – Nepal Press

गण्डकीमा बाबुरामनिकट मन्त्री बर्खास्त, एमालेलाई सहयोग गरेको आरोप (भिडिओ)

ऊर्जामन्त्रालयको जिम्मेवारी मुख्यमन्त्रीलाई नै

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले ऊर्जामन्त्री हरिशरण आचार्यलाई बर्खास्त गरेका छन् । गोरखामा नेकपा एमालेलाई सहयोग गरेको आरोपमा मुख्यमन्त्रीले आचार्यलाई हटाएका हुन् ।

गोरखा २ (२) मा एमालेबाट राजु राना उम्मेदवार छन् ।

मन्त्री आचार्यलाई हटाइएको पत्र मुख्यमन्त्री पोखरेलले प्रदेश प्रमुख पृथ्वीमान गुरुङलाई मंगलबार दिउँसो पठाएका थिए । उनी आफैँले ऊर्जामन्त्रालय सम्हालेका छन् ।

उनले हिजो आवश्यकता हुँदा राखेको र अहिले नहुँदा हटाएर आफ्नो अधिकार प्रयो गरेको प्रतिक्रिया दिएका छन् । आचार्यलाई हटाउन प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझ नै मुख्यमन्त्रीलाई निर्देशन दिएको बताइएको छ ।

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ । यसअघि मनोनयनको दिन आचार्यले गोरखा क्षेत्र नम्बर २ (क) बाट बागी उम्मेदवारी दर्ता गराएका थिए ।

तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित आचार्य नयाँ सरकार गठनका बेला मन्त्री मण्डलमा समावेश थिए । यसअघि पनि सरकार विरुद्ध गतिविधि गरेको आरोपमा हटाउने तयारी गरिएको थियो । तर, डा. बाबुराम भट्टराईले नै रोकेपछि उनको पद जोगिएको थियो ।

गुरुङले आजै पत्र स्वीकृत गर्दै मन्त्रिपरिषद् हेरफेरको निर्णय गरेका छन् । गण्डकीमा अब ११ सदस्यीय मन्त्रिपरिषद् छ ।


प्रतिक्रिया

One thought on “गण्डकीमा बाबुरामनिकट मन्त्री बर्खास्त, एमालेलाई सहयोग गरेको आरोप (भिडिओ)

  1. वावुरामले छोरी जिताउन गोरखाको भोट गठबन्धनलाई बेच्दा हरिशरणले तालि बजाउनुपर्ने ? अब एमालेमा लागेर देश बनाउनुपर्छ । यि प्रचण्ड, बाबुरामका पछि लागेर कहि पुगिदैन । यिनीहरू देश बनाउन राजनीतिमा आएकै होईनन । खाली भारतको आदेश पालक हुन् यी । देशै बेच्न पनि सक्छन यिनले । अब यिनलाई राजनीतिबाट पाखा लगाउनुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर