मोरङका प्रदेश उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना – Nepal Press

मोरङका प्रदेश उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना

विराटनगर । मोरङ ५ (२) का उम्मेदवार अमृत अर्याल अस्पताल भर्ना भएका छन् । नाकबाट अत्याधिक रक्तश्राव भएपछि उनलाई विराट नर्सिङ्ग होम भर्ना गरिएको हो ।

नाक कान घाँटी रोग विशेषज्ञ डा. रोहित साहको टीमले अर्यालको उपचार गरिरहेको अस्पतालका सञ्चालक डा. ज्ञानेन्द्रमान सिंह कार्कीले बताए । अर्यालको केही वर्षअघि नाकभित्र पलाएको मासु फाल्न अप्रेसन गरिएको थियो । उनका अनुसार अहिले पुन: समस्या बल्झिएर रक्तश्राव भएको कार्कीले बताए । सुधार उन्मूख भएको छ तर अहिले नै डिस्चार्ज गर्ने अवस्था भने नभएको उनले बताए ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका अर्याल शेरबहादुर देउवाका विश्वासपात्र हुन् । उनी प्रदेश १ को मुख्यमन्त्रीको दौडमा छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर