महाअभियोग लागेका प्रधानन्यायाधीशको क्वाटर पुगेर डिनाले दलाली गरेको दीपकको आरोप (भिडिओ) – Nepal Press

महाअभियोग लागेका प्रधानन्यायाधीशको क्वाटर पुगेर डिनाले दलाली गरेको दीपकको आरोप (भिडिओ)

हेटौँडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय कार्यसम्पादन समिति सदस्य एवम् प्रतिनिधिसभा तथा मकवानपुर-१ का उम्मेदवार दीपकबहादुर सिंहले कांग्रेस सह-महामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’ लाई दलाली गरेको आरोप लगाएका छन् ।

केही दिनअघि हेटौँडामा भएको चुनावी कार्यक्रममा डिनाले सिंहलाई ‘मिटर ब्याजी ’ भनेपछि सिंहले जवाफ फर्काएका छन् । त्रिपक्षीय प्रतिस्पर्धा देखिएको मकवानपुर-१ मा कमल थापा भने गालिगलौजमा उत्रेका छैनन् । सिंह र उपाध्यय एक-अर्कामा कटाक्ष गरिरहेको छ ।

पूर्वीमकवानपुरको बकैया गाउँपालिकामा भएको चुनावी कार्यक्रममा सिंहले उपाध्ययले दुई पटक समानुपातिक सांसद, एक पटक जलश्रोत मन्त्री हुँदा समेत मकवानपुरे जनताको लागि कुनै काम नगरेको टिप्पणी गरेका छन् ।

उनले भने ‘अस्ति भर्खर महाअभियोग लागेका व्यक्तिको घरमा गइकन, क्वाटरमा गइकन, म महाअभियोग फिर्ता गरिदिन्छु कति पैसा दिने ? भन्दै दलाली काममा लाग्नुभयो, यस्तो काम गरेर उहाँले मकवानपुरका जनताको शिर निहुरिने काम गर्नुभएको छ ।’

‘चुनाव जित्ने, मन्त्री पड्काउने, मालपानी अलिअलि कमाउने ५ वर्षसम्म ढुक्क भइकन काठमाण्डौंमा बस्ने अनि चुनावको १५-२० दिनअघि आइकन मैले नारी हक र हितको लागि आन्दोलन गरेँ, यो गरेँ, महिला क्रान्ति गरेँ भन्नुहुन्छ ? तर, उहाँले महिलाको भविष्य, बालबच्चाको लागि के गर्नुभो ? यहाँको विकासको लागि के गर्नुभो, यहाँ खहरे र खोलाले सकेको छ, त्यस्को संरक्षणको लागि के गर्नुभो जवाफ दिनुपर्छ’, सिंहले थपे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर