एमालेकै नेतृत्वमा नागरिकता समस्या समाधान : गुप्ता – Nepal Press

एमालेकै नेतृत्वमा नागरिकता समस्या समाधान : गुप्ता

रुपन्देही । नेकपा एमाले कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार वृजेश कुमार गुप्ताले एमाले नेतृत्वको सरकारले नागरिकतासम्बन्धि समस्या समाधान गर्ने बताएका छन् ।

एमालेकै नेतृत्वबाट नागरिकताबाट वञ्चित रहेका नागरिकले नागरिकता पाउने उनले बताएका छन् ।

बुद्ध भूमि नगरपालिका ८ हरिहरपुरमा मतदातासँग उनले एमाले नेतृत्वको सरकारले नागरिकताका समस्या समाधान गर्ने उपाय रहेको बताएका हुन्।

संसद्मा नागरिकता विधेयक दर्ता गर्ने दल एमाले रहेकोले एमालेप्रति शंका नगर्न उनको आग्रह थियो । ओली सरकारले दर्ता गरेको विधेयक गठबन्धनका दलले पास हुन नदिएको उनले बताए ।

उनले नागरिकताको सवाल देशको मात्र नभएर कपिलवस्तु जिल्लाको समेत प्रमुख समस्या रहेको बताए ।

घरदैलोको क्रममा उनले डुमरा, हरिहरपुर महाराजगन्ज सडक आफू र दीर्घ नारायण पाण्डेको पहलमा आएको बताए।

डीपीआर गर्दा जनताको चाहना अनुसार गराउनको लागि बुद्ध भूमि नगरपालिका वडा नम्बर ९ का तत्कालीन वडाअध्यक्ष खुमानन्द न्यौपानेले सहयोग गरेको उनको भनाइ थियो ।

हरिहरपुर तालमा सिँचाइको लागि ५० लाख बजेट व्यवस्था गरे पनि नगरपालिकाले काम नगर्दा रकम फ्रिज भएकोले उपभोक्ता सचेत बनेर लाग्नुपर्ने गुप्ताको भनाइ थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर