मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य (सूचीसहित) – Nepal Press

मार्जिन कारोबारका लागि ८७ कम्पनी योग्य (सूचीसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले मार्जिन कारोबारका लागि योग्य ८७ कम्पनीहरूको सूची सार्वजनिक गरेको छ । सार्वजनिक सूचीमध्ये १७ वटा वाणिज्य बैंक, ८ वटा विकास बैंक, ५ वटा फाइनान्स कम्पनी र १३ वटा हाइड्रोपावर कम्पनी रहेका छन् ।

जीवन बीमा समूहबाट ४ वटा, निर्जीवनबाट ५ वटा र २९ वटा लघुवित्त कम्पनीहरू पनि मार्जिन कारोबारका लागि योग्य देखिएको छ । तारागाउँ रिजेन्सी होटल, नागरिक लगानी कोष, हिमालयन डिस्टिलरी, शिवम सिमेन्ट्स, नेपाल पुनर्बीमा कम्पनी र नेपाल दूरसञ्चार कम्पनी पनि मार्जिन कारोबारका लागि योग्य रहेका छन् ।

शेयर कारोबारीले आफूसँग भएको रकमभन्दा बढी रकममा शेयर खरिद गर्न पाउने सुविधालाई मार्जिन कारोबार भनिन्छ । आफूसँग सेयर किन्नका लागि पर्याप्त रकम नहुँदा पनि सेयर किन्न सकिने सुविधालाई मार्जिन ट्रेडिङ अर्थात् मार्जिन कारोबार भनिन्छ ।

यस्तो ऋण सेयर ब्रोकरहरूले उपलब्ध गराउँछन् । यसरी, ऋण दिलाएबापत सेयर ब्रोकरहरूले व्याज अथवा अन्य शुल्कहरू लिन्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर