गगनको आग्रह- अरू दलको नेतामा चुनाव हुँदैन, कांग्रेसको प्रधानमन्त्री फेर्ने हो भने मलाई जिताउनुस् – Nepal Press

गगनको आग्रह- अरू दलको नेतामा चुनाव हुँदैन, कांग्रेसको प्रधानमन्त्री फेर्ने हो भने मलाई जिताउनुस्

काठमाडाैं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसमा नेतृत्व परिवर्तनका लागि आफूलाई काठमाडौं ४ बाट निर्वाचित गर्नुपर्ने बताएका छन् ।

काठमाडौं ४ मा बसोबास गर्ने काभ्रेलीहरूको भेलालाई सम्बोधन गर्दै सोही क्षेत्रका उम्मेदवार समेत रहेका महामन्त्री थापाले सबै मतदातासम्म पुग्ने समय आफूलाई नभएकाले कांग्रेसमा दलको नेतृत्व परिवर्तन गरेर १० वर्ष मुलुक चलाउन आफ्नो लागि मत मागिदिन आग्रह गरे ।

थापाले भने- अब मंसिर ४ को चुनावपछि कुनै पनि पार्टीभित्र संसदीय दलको नेता चुनाव हुनेवाला छैन । भयो भने एउटा नेपाली कांग्रेसमा हुन्छ । कांग्रेसमा पनि क्षेत्र नम्बर ४ बाट तपाईँले दलको नेतामा चुनाव लड्ने मान्छे जिताएर पठाए मात्र चुनाव हुने हो । यहाँ सबैलाई ठूलो परिवर्तन चाहिएको छ तर त्यो परिवर्तन गर्ने ठाउँ भनेको महाधिवेशन र संसदीय दल हो । जहाँ गएर लडाइ लड्ने हो,प्रतिस्पर्धा गर्ने हो त्यहाँ उम्मेदवार बन्ने मान्छे जितेर त जानुपर्‍यो नि ।

थापाले आफू संसदीय दलको नेता बन्ने भनेको चुनाव लडेर १० वर्षमा आफ्नो भिजन लागू गर्नका लागि रहेको समेत प्रष्ट पारे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर