च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलमा पीएसजीले बायर्न र लिभरपुलले रियल म्याड्रिडसँग खेल्ने – Nepal Press

च्याम्पियन्स लिगको प्रि-क्वार्टरफाइनलमा पीएसजीले बायर्न र लिभरपुलले रियल म्याड्रिडसँग खेल्ने

लन्डन । युरोपियन च्याम्पियन्स लिगको प्रिक्वार्टरफाइनल ड्र सार्वजनिक भएको छ।

अन्तिम १६ को भिडन्तमा फ्रान्सको लिग च्याम्पियन पेरिस सेन्ट जर्मन (पीएसजी)ले जर्मनीको बायर्न म्युनिख र इंल्यान्डको लिभरपुलले स्पेनको रियल म्याडिडसँग खेल्ने छ। गत संस्करणको फाइनलमा रियल म्याडिड र लिभरपुल भिडेका थिए ।

प्रिक्वार्टरफाइनलका अन्य भिडन्तमा एसी मिलानले टोट्टनह्याम, इन्टर मिलानले एफसी पोर्टो, फ्रान्कफर्टले नापोली, क्लब ब्रुजले बेनफिका, म्यानचेस्टर सिटीले आरबी लेपजिग, बोरुस्सिया डर्टमुन्डले चेल्सीसँग खेल्ने छ।

प्रिक्वार्टरको पहिलो लेग आगामी फेब्रुअरी १४-१५ र फेब्रुअरी २१-२२ तथा दोस्रो लेग मार्च ७-८ र मार्च १४-१५ मा खेलहरू हुनेछन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर