आयोगले सोधेको स्पष्टीकरणमा मेयर बालेनले दिए यस्तो जवाफ – Nepal Press

आयोगले सोधेको स्पष्टीकरणमा मेयर बालेनले दिए यस्तो जवाफ

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेनले निर्वाचन आयोगलाई जवाफ पठाएका छन् ।

निर्वाचन आयोगले आयोगले हाम्रो नेपाली पार्टीका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूले ‘जय लौरो’ नामक फेसबुक पेज समेतबाट प्रमुख शाहको समर्थन रहेको भनी गरेको प्रचारप्रसार बारे स्पष्ट पार्न भनेको थियो ।

सो को जवाफ दिँदै बालेनले उक्त पार्टीमा आफ्नो आबद्धता नभएको भन्दै आफ्नो नाम लिएर प्रचार गरिएको हो भने कारबाही गर्दा हुने जवाफ पठाएका छन् ।

आयोगले शाहलाई इन्जिनियर अनन्तराज घिमिरे अध्यक्ष रहेको हाम्रो नेपाली पार्टीसँग तपाईँको कुनै आबद्धता छ, छैन ?, हाम्रो नेपाली पार्टीसँग कुनै दलगत आबद्धता छैन भने उक्त दलले तस्बिर र नाम प्रयोग गरी आफ्नो दल र उम्मेदवारहरूको मत निरन्तर मागिरहेको देखिएकोले सो कार्य गर्न कुनै व्यक्त वा अव्यक्त सहमति छ, छैन ? भनेर स्पष्ट पार्न भनेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर