सुनचाँदी अभाव भएको भन्दै व्यवसायीले गुहार्न थाले महासंघ – Nepal Press

सुनचाँदी अभाव भएको भन्दै व्यवसायीले गुहार्न थाले महासंघ

काठमाडौं । माग अनुसार कच्चा सुन पाउन नसकेपछि देशभरका सुनचाँदी व्यवसायीहरूले नेपाल सुनचाँदी व्यवसायी महासंघको ध्यानाकर्षण गराउँदै आपूर्ति व्यवस्था प्रभावकारी बनाउनका लागि आवश्यक पहल गर्न आग्रह गरेका छन् ।

सोमबार रुपन्देही सुनचाँदी व्यवसायी संघको प्रतिनिधिमण्डलले महासंघका आपूर्ति बढाउन माग गर्दै ज्ञापन पत्र बुझाएको छ । यसअघि ललितपुर सुनचाँदी व्यवसायी संघले पनि महासङ्घलाई पत्र बुझाएको थियो । अन्य विभिन्न जिल्ला सङ्घहरूले पनि आपूर्ति बढाउन आवश्यक पहल गर्न आग्रह गर्दै आएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्यले बजारको आवश्यकता अनुसार कच्चा सुन आपूर्ति हुन नसक्दा व्यवसायीलाई मर्का परेको बताए । उनका अनुसार आपूर्ति बढाउन महासंघले सम्बद्ध निकायसँग आवश्यक पहल गर्दै आइरहेको छ ।

बजारको माग अनुसार सुनको आपूर्ति नहुँदा सुनचाँदी व्यवसायी मर्कामा परेका छन् । विदेशी विनिमय सञ्चितिको अवस्थालाई देखाउँदै नेपाल राष्ट्र बैंकले सुनको आपूर्ति घटाएका कारण बजारमा सुनको अभाव भएको हो ।

पछिल्लो समयमा विभिन्न बैंकहरुमार्फत दैनिक १० किलो सुन आपूर्ति हुँदै आएको छ ।

बजारको माग भने यो भन्दा निकै बढी भएको व्यवसायीहरूको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर