संसद् विघटनको बचाउ गर्दै ओलीले भने- मैले होइन, गठबन्धनले संविधान मिच्यो – Nepal Press

संसद् विघटनको बचाउ गर्दै ओलीले भने- मैले होइन, गठबन्धनले संविधान मिच्यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भारतसँग सीमा समस्या समाधान गर्न प्रधानमन्त्रीको शेरबहादुर देउवासँग ‘हुती’ नभएको टिप्पणी गरेका छन्।

बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले देउवाले भारतसँग सीमा समस्या समाधानका लागि कूटनीतिक पहल गरेको भनेर झुट बोलेको बताए।

उनले भने, ‘हाम्रो समयमा हामीले पत्राचार गरेको थियौँ भनेर उहाँले झुटो बोल्नुभयो। उहाँको भारतलाई कूटनीतिक पहलका लागि पत्र लेख्ने क्षमता र हुती छैन। उहाँको अनावश्यक चाकडी गर्ने मात्रै क्षमता छ।’

जनतालाई बन्दुक उठाऊ भनेर सम्बन्ध बिगार्ने कुरा गरेको आरोप लगाए। आफ्नो हक वार्ताबाट फिर्ता ल्याउने बताए। उनले आगामी निर्वाचनपछि एमालेजस्तो राष्ट्रिय सरकार चाहिले दाबी गरे।

उनले आफूले कुनै चोइटा चोइटी जोडेर सरकार नबन्न समेत बताए। आफ्नो पार्टीबाट काम गर्न नदिनेहरू हिँडेपछि एमालेमा कुनै गुटबन्दी नरहेको बताए।

गठबन्धन सरकारले ठुलो नीतिगत भ्रष्टाचार गरेको उल्लेख गर्दै अधोगतितर्फ लगेको टिप्पणी गरे। सत्ता गठबन्धनले निषेध र द्वन्द्वको राजनीति गरेको आरोप लगाए। आफूले नभएर गठबन्धनले संविधान मिचेको जिकिर गरे।

उनले संसद् विघटनलाई प्रतिगमन गरेको भनेर भ्रम फैलाएको आरोप लगाउँदै आफ्नो बचाउ गरे। गठबन्धनले अदालतको तोक आदेशबाट सरकार फेरेको बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर