घनश्यामको टिप्पणी- संविधान असुरक्षित हुनु दुर्भाग्य, मेरो प्रतिस्पर्धा व्यक्तिकेन्द्रित होइन – Nepal Press

घनश्यामको टिप्पणी- संविधान असुरक्षित हुनु दुर्भाग्य, मेरो प्रतिस्पर्धा व्यक्तिकेन्द्रित होइन

काठमाडौं । नेकपा एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका नेता घनश्याम भुसालले लामो संघर्षपछि बनेको संविधान अझै असुरक्षित हुनु दुर्भाग्य भएको टिप्पणी गरेका छन्।

रुपन्देही क्षेत्र १ मा लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार लगायतको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा बोल्दै उनले संविधानको रक्षा गर्नु अहिलेको आवश्यकता भएको बताए।

उनले भने, ‘अहिले पनि संविधानको रक्षा ठुलो उपलब्धि बन्यो। त्यो दुर्भाग्य हो। संविधान बनेपछि दोस्रो पटक निर्वाचनमा जाँदै गर्दापनि संविधान असुरक्षित हुने परिस्थिति बनेको छ। हामीले संविधानको रक्षाका लागि आम रूपमा एकजुट हुनुपर्छ।’

अहिले आफ्नो प्रतिस्पर्धा कुनै व्यक्ति केन्द्रित नभएर विचार मूल्य र मान्यताको बीचमा रहेको टिप्पणी गरे। लोकतन्त्रलाई स्थिर बनाएर अहिलेसम्मको उपलब्धिलाई रक्षा गर्नु नै आजको आवश्यकता भएको बताए।

आगामी पाँच वर्षमा यो क्षेत्रको चौतर्फी विकास गर्ने प्रतिबद्धता गरे। आगामी दश वर्षभित्रमा विकसित क्षेत्रको रूपमा स्थापित हुने गरी जाने बताए। आफ्नो प्रतिबद्धतापत्र कार्यान्वयनका लागि निरन्तर पहल गर्ने उनको भनाइ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर