प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन : ओली – Nepal Press

प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन : ओली

पोखरा । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनादेशको अनादर गरेपछि संसद् विघटन गर्नुपरेको नेकपा एमाले अध्यक्ष केपी ओलीले आरोप लगाएका छन् ।

पोखरामा सोमबार आयोजित बृहत् अगुवा कार्यकर्ता भेलामा बोल्दै ओलीले प्रचण्डले जनादेशको अनादर गरेर आफूहरूको प्रतिबद्धता च्यातेपछि संसद् विघटन गरिएको बताएका हुन् ।

‘माओवादी र हामी मिलेर संयुक्त घोषणापत्र ल्याएका थियौँ । प्रचण्डले त्यसलाई लत्त्याएर च्यातेर जनादेशको अनादर गरेपछि ताजा जनादेशमा जानुपर्ने अवस्था बन्यो,’ उनले भने ।

अदालतमा पुगेर मुद्दा हालेर सरकार खोस्ने, बनाउने काम गरेर शेरबहादुर देउवा नेतृत्वको गठबन्धनले नै संविधान मास्ने काम गरेको उनको आरोप छ ।

‘मलाई संविधान मासेको आरोप लगाइएको छ । तर संविधान मास्ने काम शेरबहादुरजीकै नेतृत्वमा भयो,’ उनले भने ।

पाँच दलीय गठबन्धन विदेशी शक्तिसँग झुकेर ‘ज्यू, हजुर, प्रभु’ गर्दै बसिरहेको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर