मकवानपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु – Nepal Press

मकवानपुरमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

हेटौंडा । मकवानपुरको मनहरीमा यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

सोमबार बिहान पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मनहरी-६ सुनाचुरीमा काकरभित्ताबाट काठमाडौंतर्फ जाँदै गरेको बा. ५ ख ७९४३ नम्मरको बसले विपरीत दिशाबाट आउँदै गरेको वागमती प्रदेश ०३. ००३ प ४९३१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी नयाँबस्तीका २९ वर्षीय अविनाश गोले छन् । बस र मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ । बस चालक फरार भएकाले अर्को सवारीसाधनमार्फत यात्रुलाई गन्तव्यमा पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *