काठमाडौं-७ : आकर्षण पोखरेलप्रति कस्तो छ मतदाताको आकर्षण ? (भिडिओ रिपोर्ट) – Nepal Press
घरदैलोमा नेपाल प्रेस

काठमाडौं-७ : आकर्षण पोखरेलप्रति कस्तो छ मतदाताको आकर्षण ? (भिडिओ रिपोर्ट)

काठमाडौं । निर्वाचन आउन दुई सातामात्रै बाँकी छ । देशभर नै उम्मेदवारहरू आफ्नो पक्षमा जनमत पार्न लागि कठिन मिहेनत गरिरहेका छन् ।

स्थानीय चुनावको परिणामबाट हौसिएका ‘लौरो’ अभियानका उम्मेदवारहरू संगठितरूपमै  मंसिर ४ को चुनावी मैदानमा उत्रिएका छन् । यही सिलसिलामा काठमाडौं-७ बाट इन्जिनियर आकर्षण पोखरेल प्रतिस्पर्धामा छन् ।

नेपाल प्रेस टीमले पोखरेलको घरदैलो अभियान पच्छ्याएको छ । हामीसँगको कुराकानीमा मतदाताले नयाँले केही गर्छ कि भन्ने आशा व्यक्त गरेका छन् ।

रिपोर्टिङका क्रममा भेटिएका एक मतदाता भन्छन्, ‘स्वतन्त्र उम्मेदवार धेरै भयो । एकजनामात्रै भएको भए जित्ने थियो । जनतामा भ्रम हुन्छ । इन्जिनियर आकर्षण पोखरेलको जित सुनिश्चित छ । त,र उहाँको विरुद्ध अरू पनि स्वतन्त्र भएर केही संघर्ष गर्नुपर्ने भएको छ ।’

आफ्नो क्षेत्रका उम्मेदवारको एजेन्डाहरू थाहा नभए पनि राम्रो मान्छे र नयाँ मान्छे आउनुपर्छ भन्ने भनाइ उनले बताए ।

भिडिओ : उमेश कार्की । 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर