पाकिस्तानलाई सेमिफाइनल पुग्न एक सय २८ रनको लक्ष्य – Nepal Press

पाकिस्तानलाई सेमिफाइनल पुग्न एक सय २८ रनको लक्ष्य

काठमाडा‌ैं। अस्ट्रेलियामा जारी आईसिसी टी-२० विश्वकपको सेमिफाइनल पुग्न पाकिस्तानले एक सय २८ रनको लक्ष्य पाएको छ। सुपर-१२ को आफ्नो अन्तिम खेलमा पाकिस्तानले बंगलादेशबाट एक सय २८ रनको लक्ष्य पाएको हो। यो खेल जित्ने टोली सेमिफाइनल पुग्ने छ।

आइतबार भएको खेलमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिकालाई पराजित गरेपछि पाकिस्तान र बंगलादेश दुवैको सम्भावना देखिएको थियो। टस जितेर ब्याटिङ थालेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर एक सय २७ रन जोड्यो।

बंगलादेशका नाजमुल होसेन सान्तोले ५४, अफिफ होसेनले २४ र सौम्य सरकारले २० रन बनाए। सकिब अल हसनले खाता खोल्न सकेनन्। पाकिस्तानका साहिन शाह अफ्रिदीले चार र सदाब खानले दुई विकेट लिए।

ह्यारिस रौफ र इफ्तिखर अहमदले एक एक विकेट हात पारे। कुनै समय ७३ रन जोड्दा एक विकेट मात्र गुमाएको बंगलादेश सदाबले लगातार बलमा दुई विकेट लिएपछि एकाएक दबाबमा आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर