एभरेष्टका सेयरधनीले २० प्रतिशत लाभांश पाउने – Nepal Press

एभरेष्टका सेयरधनीले २० प्रतिशत लाभांश पाउने

काठमाडौं । एभरेष्ट बैंकले गत आर्थिक वर्षको नाफाबाट शेयर धनीलाई २० प्रतिशत लाभांश दिने भएको छ । २०७८/७९ को नाफाबाट शेयरधनीलाई २०.६८ प्रतिशत लाभांश दिने प्रस्ताव बैंकले गरेको छ ।

बैंकको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले १३ प्रतिशत बोनस शेयर र कर प्रयोजनसहित ७.६८ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । हाल बैंकको चुक्ता पूँजी ९ अर्ब ४२ करोड ७३ लाख ४० हजार रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी १० अर्ब ६५ करोड २८ लाख रुपैयाँ पुग्नेछ ।

बैंकले घोषणा गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि वितरण हुनेछ । पूँजीबजारमा एभरेष्ट बैंकको शेयर पूँजीकरण ५१ अर्ब रुपैयाँभन्दा बढी छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर