‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका – Nepal Press

‘तिम्रो मेरो साथ’ को गीतमा टिकटक बनाएर २५ हजार जित्ने मौका

काठमाडौं । पुस २९ गते रिलिज हुने साम्राज्ञी शाह तथा पुष्प खड्का स्टारर ‘तिम्रो मेरो साथ’ले टिकटक भिडियो प्रतियोगिता आह्वान गरेको छ।

निर्माता रमेश एमके पौडेलको निर्देशकीय डेब्यू सिनेमाले तिहारमा रिलिज गरेको ‘रुमालै बाटेर टाई बनाम’ बोलको गीतमा टिकटक भिडियो प्रतियोगिता घोषणा गरेको हो।

सिनेमाको यो गीतले युट्युबमा रिलिज भएको ७ दिनमा १.१ मिलियन भ्यूज पार गरेको थियो।

प्रतियोगितामा भाग लिन चाहने इच्छुकले गीतको बोलमा तीन वटा हयास ट्याग प्रयोग गरेर भिडियो बनाउनुपर्नेछ। सहभागीहरुले #rumalaibatera, #timromerosath, #RameshMKPoudel ह्यासट्याग प्रयोग गर्नुपर्नेछ। सहभागीहरूले यी ह्यासट्यागको प्रयोग गरेर भिडियोलाई आफ्नै एकाउन्टमा अपलोड गर्नुपर्नेछ।

यसको अन्तिम नतिजा पुस २६ गते घोषणा गरिनेछ।

यो प्रतियोगिता सिनेमाका अन्य गीतमा पनि ती गीत रिलिज भएसँगै क्रमशः लागु हुनेछ। सिनेमामा कुल ३ वटा गीत रहेका छन्।

‘रुमालै बाटेर टाई बनाम’ बोलको गीत सुभाष भुसालको संगीतमा तयार भएको हो भने शब्द वि पाण्डेले लेखेका हुन्। यस्तै गीतमा मेलिना राई र जगदिश समालको युगल स्वर रहेको छ।

सिनेमामा साम्राज्ञी तथा पुष्पको अलावा सन्दीप क्षेत्री, इमिली लामा, सरोज खनाल, दिपिशा केसी, खड्क बहादुर पुन (खबपु) आदिको मूख्य भूमिका रहेको छ।

सिनेमालाई सबिर श्रेष्ठ तथा बाबुराम निरौलाले संयुक्त रुपमा लेखेका हुन्।

आर्यन फिल्मस् र बोधी एचडीको ब्यानरमा निर्माण भएको सिनेमामा पासाङ लामा निर्माता हुन भने निरू भण्डारी, अशोक पोखरेल, सुमन पौडेल तथा सुधीर पराजुली सह(निर्माताका रूपमा रहेका छन्।

यसैगरी सविर श्रेष्ठ सिनेमाका कार्यकारी निर्माता हुन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर