गुल्मी २ को निर्वाचन अग्रगमन र प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह हो : रामकुमारी झाँक्री (भिडिओ) – Nepal Press

गुल्मी २ को निर्वाचन अग्रगमन र प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह हो : रामकुमारी झाँक्री (भिडिओ)

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले गुल्मी प्रतिनिधिसभा क्षेत्र नम्बर क्षेत्र नम्बर २ को निर्वाचन अग्रगमन र प्रतिगमनका विरुद्धको जनमत सङ्ग्रह भएको बताएकी छन् ।

गुल्मी क्षेत्र नम्बर २ का बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारसँगको काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन् ।

उनले भनिन्, ‘यस पटक मंसिर ४ गते हुने निर्वाचन गुल्मी क्षेत्र नम्बर २ मा अग्रगमन र प्रतिगमनका विरुद्ध साँचो रूपमा भन्दा जनमत संग्रह हो । यो जनमत सङ्ग्रहमा अग्रगमनले जित्नुपर्छ । मंसिर ४ को गुल्मी क्षेत्र नम्बर २ को निर्वाचन अलोकतान्त्रिक, एक हिसाबले भनेको प्लूटोक्रेसी धनीहरूले मान्छेको मगज कब्जा गरेर गरिने शासन व्यवस्थाको विरुद्ध साँचो अर्थमा अलोकतान्त्रिक अभ्यास गर्ने जनमत हो ।’

यस्तै झाँक्रीले यस पटकको गठबन्धन गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (एमाले) विरुद्धको नभएको बताएकी छन् ।
अरू निर्वाचन चिन्ह भएका दलले कलममा भोट हाल्ने निर्णय गरिसकेकाले अब सबैभन्दा धेरै यस अघि सूर्य चुनाव चिन्हमा भोट हाल्नेले कलममा हाल्नुपर्ने बताई ।
उनले भनिन, ‘यस पटकको गठबन्धन गुल्मी क्षेत्र नम्बर २ मा नेकपा (एमाले)का विरुद्ध होइन । यस पटक हामीलाई यस पटक एमालेले हामीलाई भोट हाल्ने हो । रामकुमारी झाँक्रीलाई हाल्ने हो । त्यसकारण यो गठबन्धन एमाले विरुद्धको होइन । गठबन्धन त, झुटो बोल्ने, छलछाम गर्ने, एक हिसाबले भन्ने हो भने आफू बाहेक यो धर्तीमा कोही पनि जन्मेको छैन भन्ने जस्तो दम्भ र अहङ्कार राख्ने व्यक्तिका विरुद्ध हामी खडा भएका हौ । त्यसकारण पनि नेकपा एमालेले हामीलाई भोट हाल्नुपर्छ । त्यसै कारण सबै एमाले साथीहरूले कलममा भोट हाल्ने हो । सबै हँसिया हतौडा, सबै रुख, सबै हलोमा भोट हाल्नेले त कलमा भोट हाल्ने निर्णय गरिसक्नुभयो । आज सबैभन्दा धेरै भोट हिजो सूर्यमा भोट हालिरहेकाले कलममा हाल्नुपर्छ ।’

उनले संविधानमाथि आक्रमण गर्नेका विरुद्ध गठबन्धन निर्माण भएको पनि बताएकी छन् ।

उनले भनिन्, ‘यो साझा बाटो हो । साझा गन्तव्य हो । पश्चगमनका विरुद्ध यो गठबन्धन बनेको हो । त्यसैले अब सोचौँ र सबैको सोच्नुपर्ने विषय हो ।’


प्रतिक्रिया

One thought on “गुल्मी २ को निर्वाचन अग्रगमन र प्रतिगमनविरुद्धको जनमत सङ्ग्रह हो : रामकुमारी झाँक्री (भिडिओ)

  1. मन्त्री खान पार्टी फुटाउने अग्रगमनकारी ? मन्त्रीबाट हटनुपर्दा रूँदै हिडने, मन्त्रीबाट हटेपछि पार्टीको काममा नजाने पनि अग्रगमनकारी ? पालैपालो खान ६ ६ महिनामा मन्त्री फेर्ने अग्रगमनकारी ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर